नागरिक पोष्ट News


समृद्ध तारकेश्वर नगरको योजना बोकेका अरुण कुमार गिरीको मेयरको रुपमा चर्चा चुलिदै

7K

नागरिकपोष्ट संवाददाता, काठमाण्डौँ - सरकारले स्थानिय तहको निर्वाचनको मिति २०७९ बैशाख ३० मा गर्ने घोषणा गरेसँगै राजधानीको मुटुमा रहेको काठमाण्डौ महानगरसँग जोडिएको तारकेश्वर नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । आगामी स्थानिय निर्वाचनमा चुनावी परिणाम आफ्नो पोल्टोमा पार्न नेताहरु टिकट पाउनको लागी आफ्ना निकट शक्ति केन्द्रहरुमा धाउन थाली सकेका छन । यो दौड र प्रतिस्पर्धामा निकै अगाडी देखिनु भएको छ, अरुण कुमार गिरी ।

स्वास्थ्य, शिक्षा, समाजसेवा, कलाकारीता, साहित्य र राजनितीमा पनि अब्बल मानिनु हुन्छ, गिरी । उहाँ तारकेश्वरमा मात्र नभई स्वास्थ्य क्षेत्रमा नेपालकै उत्कृष्ट कर्मचारीको रुपमा परिचित हुनुहुन्छ । यसरी समग्र क्षेत्रमा अब्बल रहनु भएको गिरी आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरको मेयरको बलियो उमेदवारको रुपमा खडा हुने चर्चाले सबैको ध्यान खिचेको छ । 

राष्ट्रिय छवि बनाउनु भएका गिरी हाल नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रिय महासचिव समेत रहनु भएको छ । करिब ३ बर्ष तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाको प्रमुखको जिम्मेवारी समेत कुशलता पुर्वक समहाली सक्नु भएका गिरी कुशल स्वास्थ्य ब्यवस्थापक समेत हुनुहुन्छ । 

गिरीले नगरभित्र ५ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, प्रयोगशाला स्थापना, गर्भवतिलाई निःशुल्क क्यालसियम चक्कि वितरण, जेष्ठनागरीकलाई निःशुल्क स्वास्थ्य सेवा जस्ता नेपालमै पहिलो नमुना उत्कृष्ट कामको शुरुवात गरी स्थानियको मात्र नभई राष्ट्रिय स्तरमै सबैको मन जिती नमुना काम गर्ने राष्ट्रसेवक कर्मचारीको पहिचान समेत बनाईसक्नु भएको छ ।

विगत ३० बर्षदेखि राजनिती र समाज सेवामा सकृय रही गिरीले ४ कार्यकाल गाउँ पाटी कमिटी  सचिव, १ कार्यकाल ग्रामिण इलाका ६ का उपसचिव, १ कार्यकाल युवासंघका क्षेत्र न ६ का उपाध्यक्ष, निर्वाचन परिचालन कमिटीका कार्यलय ब्यवस्थापक हुदै हाल स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाल स्वास्थ्यकर्मी युनियनको केद्रिय महासचिवको गरिमामय भूमिका निर्वाह समेत गरिरहनु भएको छ । साथै हाल शंखरापुर नगरपालिका स्वास्थ्य शाखामा कुशल नेतृत्व समेत प्रदान गरिरहनु भएको छ । 

४० प्रतिशत नुवाकोटबाट बसाईसरी आएका मतदाता रहेको यस नगरमा शतप्रतिशत मत गिरीको पोल्टोमा पर्ने आँकलन गरिएको छ । स्थानिय र अन्य जिल्लाबाट हाल यस नगरको स्थायी बसोबास गर्ने मतदाताको बिचमा समेत उहाँ लोकप्रिय रहनु भएको छ । यसरी हेर्दा थप मत समेत उहाँलाई प्राप्त हुने देखिन्छ ।

तारकेश्वर नगरपालिकाले आगामी निर्वाचनमा वैकल्पिक अनुहार खोजेको हुदा यसको प्रतक्ष फाइदा सामाजिक अभियन्ता गिरीको लागी फलदायी हुने विश्वास उहाँकोे छ । गत स्थानीय निर्वाचनमै वडा अध्यक्षको सिफारिसमा पर्नु भएका गिरीले त्यसताका अन्य उम्मेदवारहरुलाई सघाएर निर्वाचित बनाउन भुमिका निर्वाह गरेको कारण यस पटकको निर्वाचनमा आफुले सबै क्षेत्रबाट पुर्ण सहयोग पाउने अपेक्षा गर्नु भएको छ  । 

स्वास्थ्य कर्मीको रुपमा धेरै स्थानीय तहहरुमा सफल व्यवस्थापक भईसक्नु भएका गिरी नगर विकासको बैज्ञानिक मिसन भएका बलिया उम्मेदवार हुनुहुन्छ । आफुले यस नगरको नेतृत्व गर्न पाएको खण्डमा नर्सरि देखि स्नातककोत्तर तहसम्म नगर भरिनै निःशुल्क शिक्षा प्रदान गर्ने उहाँको योजना रहेको छ । स्थानीय सरकार नागरवासीको स्वास्थ्य प्रति विशेष जिम्मेवार हुनु पर्ने उहाँको तर्क छ । यही कुरालाई मध्यनजर राख्दै नगरबासीलाई निःशुल्क जीवन विमा र निशुल्क स्वास्थ्य बीमामा १०० % अनुदान उपलब्ध गराउने, सुविधा सम्पन्न विशेषज्ञ सहितको १०० बेडको अस्पताल निर्माण गरी सबै नगरवासिलाई सम्पुर्ण स्वास्थ्य सेवा निशुल्क प्रदान गर्ने ,जेष्ठ नागरीकलाई हेरचाह केन्द्र मार्फत निशुल्क सेवा दिने उहाँको योजना रहेकको छ । 

बदलिदो परिवेशमा सुचना प्रविधीमा आम नागरिकको पहुच स्थापित गर्न सम्पुर्ण नगरक्षेत्र भरि नै निशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउने उहाँको लक्ष्य छ । सार्वजनिक स्थल, चोक तथा नगरका भित्री टोलहरुमा समेत सिसी क्यामेरा जडान गरी नगरवासिलाई सुरक्षाको प्रत्याभुति दिने उहाँको योजना छ । नगरभरि नै निःशुल्क खानेपानी प्रदान, निशुल्क फोहोर संकलन तथा वैज्ञानिक व्यवस्थापन, निशुल्क सडक बत्ती जडान लगायतका नगरवासिको जनजिवीकासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा उहाँको प्रतिवद्धता रहेको छ । 

निशुल्क प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति  उत्पादन गरी नगरभित्रै रोजगारी सृजना गर्ने, कृर्षी र पर्यटन व्यवसायलाई प्रबर्धन  गर्न अनुदानमा आधारित विशेष कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रसेवक कर्मचारी, शिक्षक, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका र सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई जीवन विमा र स्वास्थ्य विमाको नियमित प्रीमियम उपलब्ध गराउने उहाँको महत्वकाक्षी योजना रहेको छ । 

तारकेश्वर नगरपालिकालाई स्मार्ट नगरको रुपमा बिकास गरी पाँच वर्ष भित्रमा सम्पुर्ण नगरभित्रका मुख्य तथा सहायक सडकहरु, चोक तथा भित्री गल्लीहरुमा आवश्यकता अनुसार कालो पत्रे, ढलान तथा व्लक विछ्याउने गिरीको योजना छ । प्रत्येक वडामा निशुल्क एम्बुलेन्स तथा शबबहानको व्यवस्था गर्ने, राज्यले उपलब्ध गराएको समाजिक सुरक्षा भत्तामा नगरपालिकाको तर्फबाट शतप्रतिशत थप गरी घर घरमै पुगेर रकम भुक्तानी गराउने, नगरभित्रका बेरोजगार युवा युवतीहरुलाई मासिक ५ हजार बेरोजगार भत्ता उपलब्ध गराउने जस्ता लोकप्रीय तथा लोक कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने उहाँको प्रतिवद्धता रहेको छ । 

नगर भित्र खेलकुदको विकास, महिला शशक्तिकरण, आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धन, धार्मिक, सास्कृतिक तथा ऐतिहासिक सम्पदाको सरक्षण तथा प्रवद्र्धन, खोला, सार्वजनिक जग्गा, मठमन्दिर, पाटीपौवा तथा घाट सरक्षण, स्थानीय वाजा संरक्षण, जनजाति उत्थान तथा प्राकृतिक सम्पदाको् सरक्षण, चाडपर्व, धार्मिक मेलाको प्रवद्र्धन तथा सरक्षण गरी नगरवासिलाई सास्कृतिक एकताको सुत्रमा बाध्ने उहाँको योजना छ । 

यी सबै योजनाहरुलाई मुर्तता दिदै तारकेश्वर नगरपालिकालाई समृद्ध नगर बनाउन आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो अमुल्य मत दिई नगर प्रमुखको रुपमा आफुलाई निर्वाचित गराउन गिरी तारकेश्वर नगरवासिलाई आग्रह गर्नु हुन्छ । राजनितिक खिचातानी , दल विभाजन, पदीय लालच नगरभित्रको राजनितिमा पनी छरप्रस्ट भैईरहेको सन्दर्भमा तारकेश्वर नगरपालिकाको सबै पाटीको साझा र निर्विकल्प उम्मेदवार आफु भएको उहाँको दावी छ । स्वास्थ्यकर्मीको रुपमा आफुले गरेका सबै कामहरु नगरवासिले अनुभुति गरिसक्नु भएको भन्दै गिरीले थप योजना तथा कार्यक्रमहरुमार्फत नगरवासिलाई सम्पुर्ण सेवा सुविधाहरु उपभोग गर्न आगामी निर्वाचनमा अत्याधिक मत दिएर निर्वाचित गराउन आग्रह गर्नुहुन्छ । 

 

Must View