नागरिक पोष्ट News


महाशिबरात्रीमा पायो "म यस्तो गीत गाउछु - २" ले मल्टीप्लेक्समा यथेस्ट शो 

1.3K

काठमाडौँ - आक्रामक ब्यपार गरिरहेको "म यस्तो गीत गाउछु - २" ले सार्बजनिक बिदा समेत रहेको  महाशिबरात्रीको दिन मल्टीप्लेक्समा यथेस्ट शो पाएको छ।  पछिल्लो समयमा भएको फिल्मको माउथ पब्लिसिटीका कारण दर्शकको चाप बढे संगै शो थपिएको हो। 

 महाशिबरात्रीमा सार्बजनिक बिदा समेत रहेकाले दर्शक हलमा ओईरिने पक्का छ।  यहि कुरालाई मध्यनजर राख्दै फिल्मकी नायिका पुजा शर्मा तथा निर्देशक सुदर्शन थापा सहित कलाकारहरुको टोलि हलहलमा समेत पुग्दै छन्। 

तिन दिनमा करिब दुई करोड माथिको ग्रस कलेक्सन गरेको फिल्मले भोलि झन् आक्रामक ब्यापार गर्ने कुरामा वितरक कारण श्रेष्ठ ढुक्क छन् । कथा , निर्देशक थापाको निर्देशकीय पाटो संगै कलाकारको अभिनय र संगितक पाटोको समेत दर्शकले  खुब तारिफ गरेका छन्। सफा क्यानभासमा बनेको बिशुद्द पारिबारिक चलचित्र भएको हुदा लामो समयपछि फिल्म हेर्न दर्शक हाल सम्म ओईरिएका हुन्। 

सफलताका साथ् देशभरी चलिरहेको फिल्म यस्तो गीत गाउछु -२ नजिकको सिनेमा हलमा गएर हेर्न हामि पनि तपाईलाई सिफारिस गर्छौ । 

 

 

Must View