नागरिक पोष्ट News


सुर्खेतमा कांग्रेस - एमाले कार्यालयमा ताेडफाेड र आगजनी , मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू 

1K

सुर्खेत  - अमेरिकी सहायता एमसीसी संसदबाट पारित भएपछि बन्दकर्ताहरूको आन्दोलनका कारण सुर्खेत तनावग्रस्त हुँदै गएको छ । 

बन्दकर्ताहरूले पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरेका छन् । प्रहरी र बन्दकर्ताहरूबीच झडपसमेत भएको छ । उनीहरूले कांग्रेस, एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् भने माओवादी केन्द्र पार्टी कार्यालय पनि तोडफोड गर्ने प्रयास गरेका छन् । 

यसैबीच प्रहरीले केही बन्दकर्ताहरूलाई पक्राउ गरेको छ । बन्दकर्ताहरूले ठाउँ–ठाउँमा विरोध गर्नुका साथै प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन् । प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोधी प्रदर्शन चर्किएको थियो । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

Must View