नागरिक पोष्ट News


अध्यक्ष ओलीको अडान १४ संसदलाई निलम्बन होस् ,देउबा संगको  वार्ता निष्कर्षबिना सकियो

1.1K

काठमाडौं  - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको वार्ता टुङ्गोमा नपुगि सकिएको छ ।

शुक्रबार अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसी अनुमोदन गर्ने प्रस्ताव प्रधानमन्त्री देउवाले राख्नुभएको हो ।

एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई निस्कासन गरिएको सूचना टाँस गर्नुपर्ने पूरानै अडान दोहोर्‍याएको छ ।

बैठकमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री गगन थापा र पूर्णबहादुर खड्का सहभागी थिए । एमालेको तर्फबाट अध्यक्ष केपी, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी थिए ।

शुक्रबार दिनभर प्रधानमन्त्रीले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गर्नुभएको थियो ।

Must View