नागरिक पोष्ट News


 'म यस्तो गीत गाउँछु - २ 'को बम्पर ओपनिङ - सबै हलहरुमा दर्शकको राम्रो साथ

2.2K

काठमाडौँ - कोरोना महामरिबाट  थालिएको चलचित्र उद्योग अब भने जुर्मुराएको छ ।  राम्रो चलचित्र बने जुनसुकै बाधा ब्यबधानका बिचमा पनि दर्सक फिल्म हेर्न हल सम्म जान्छन भन्ने गतिलो उदाहारण बनेको छ चलचित्र 'म यस्तो गीत गाउँछु २'। 

फागुन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आएको पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म 'म यस्तो गीत गाउँछु - २'ले बम्पर  सुखद ओपनिङ संगै दर्शकको अथाह माया पाएको छ।  काठमाडौँभित्रका अधिकांश हलमा फिल्मले हाउस फुल सहित सुखद व्यापार गरेको हो । 

लामो समयपछि हलमा नयाँ फिल्म लागेको र त्यही माथि पल र पूजाको केमेस्ट्रीले दर्शक हल्ल सम्म तानेको बताइएको छ l यो विषम परिस्थितिमा पनि फिल्मले यतीको व्यापार गर्नु राम्रो रहेको हल सञ्चालकहरूको बुझाई छ l फिल्मलाई निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन् l  फिल्मलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् । 

फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ l 'म यस्तो गीत गाउँछु २'का  कथाकार  शिवम अधिकारी र दिनेश न्यौपाने  हुन् । 

बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । म्युजिकल लब स्टोरी यस फिल्ममा पाँच गीत समावेश छन्।  पाँचै वटा गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत भरेका हुन्।  एक सफा क्यानभासमा उतारिएको बिशुद्द  ब्यबसायिक चलचित्र निर्देशक थापाले निर्माण गरेका कारण अन्य सबै विषमता र मतभेदलाई भुलेर फिल्म हेर्न यस अघि नै सम्पन्न प्रिमियरमा कलाकारहरुले धारणा राखिसकेका छन्। 

शुक्रबारका सबै जसो शोमा फिल्म हेरेका दर्शकले फिल्मलाई अति नै मन पराएको प्रतिक्रिया दियका छन्।  भोलि शनिबार मल्टीप्लेक्स हरुमा आज देखि नै बुकिङ्ग भै रहेको वितरक कारण श्रेष्ठले नागरिक पोस्टलाई जानकारी दिएका छन् । आजको सुखद ओपनिङ्गले निकै नै आशा जगाएको निर्देशक थापाले बताएका छन् । 

 

 

Must View