नागरिक पोष्ट News


प्रीमियर पश्चात कलाकारको प्रतिकृया  “म यस्तो गित गाउँछु २” धरासायी चलचित्र उद्योग उकास्ने फिल्म हो ।

3.1K

भोला दीप यात्री, काठमाण्डौँ । बहुप्रतिक्षित चलचित्र म यस्तो गित गाउँछु २ को प्रिमियर बुधबार सम्पन्न भएको छ । प्राय सबै जसो कलाकारहरुको उपस्थीतिमा सम्पन्न्न प्रिमियर पश्चात निर्देशक सुदर्शन थापको निर्देशकीय पाटोको उनीहरुले मुक्त कण्ठले प्रसंशा गरेका छन् ।  पुजा शर्मा , पल शाहा ,हरिहर शर्मा ,दिनेश डि.सी , सोनिका रोकाय लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्र म यस्तो गित गाउँछु २ लाई नायिका शर्मा र निर्देशक थापाले संयुक्त रुपमा निमार्ण गरेका हुन् । 

यहि फल्गुन १३ गते देखि अल नेपाल एक साथ रिलिज हुन लागेको चलचित्र म यस्तो गित गाउँछु २ लाई धरासायी चलचित्र उद्योग उकास्ने फिल्म भएको कलाकारहरुले प्रतिकृया दिएका छन् । 

कलाकार दिपक राज गिरीले यो चलचित्रबाट दर्शकहरुले निकैनै आशा गरेका बताउदै उक्त आशामा सुदर्शन थापाले चलचित्रलाई जिवन्तता दिदै पुर्ण न्याय गरेको बताए । कोरोनाले थलिएको चलचित्र उद्योगलाई सन्जीवनी बुटि हुन सक्ने चलचित्र भएकाले झिना मसिना तर्कहरुमा नअल्जि हल सम्म आएर चलचित्र हेर्न दर्शकहरुलाई आग्रह समेत गरे । निर्देशक दिपा श्री निरौलाले नायिका शर्मा र नायक पल शाहको अभिनयको तारिफ गरिन् । निर्देशक दिवाकर भट्राईले पनि चलचित्रले दर्शकलाई निराश नबनाउने तर्क दिए । नायिका वर्षा राउत तथा नायिका प्रियान्का कार्कीले पुजा र पलको जोडिलाई खुबै मन पराए । बर्षा र प्रियान्कासँगै संजोग कोईराला र आयुषमान जोशि समेत प्रिमियरमा पुगेका थिए ।  धमला पत्नी समेत रहेकी नायिका एलिजा गौत्तमले पनि फिल्मको खुलेर तारिफ गरिन् ।  त्यस्तै नायक रमेश उप्रेतीले लभ स्टोरी मन पराउने दर्शकका लागि यो चलचित्र महत्वपुर्ण कोसेली भएको बताउनु भएको छ । नायिका निशा अधिकारीले विषम परिस्थीतिमा राम्रो चलचित्र आएको भन्दै हेरेर साथ दिन दर्शकलाई आग्रह गरिन् ।  प्रिमियरमा नायक पल शाह भने उपस्थित भएनन् । निर्मात्री तथा नायिका शर्माले आफुहरुको वर्षौको मिहेनत र राम्रो चलचित्र हेर्ने दर्शकहरुको प्रतिक्षाको घडि सकिएको भन्दै दर्शकहरुलाई चलचित्र हेरेर सुझाब दिन आग्रह समेत गरिन् ।  

निर्देशक सुदर्शन थापाले आफ्नो वर्षौको मिहेनतद्धारा चलचित्रलाई राम्रो बनाउने कोसिस गरेको र उक्त कोसिसलाई फिल्म हेरिसकेपछि कलाकार तथा पत्रकारहरुले मन पराएको भन्दै दर्शकको मन जित्नेमा आफु विश्वस्त रहेको दावी गरे ।  शुक्रबारबाट प्रदर्शन हुने चलचित्रको टिकट विहिबारबाटै बुकिकं खुल्ला   

 

Must View