नागरिक पोष्ट News


पलले प्रमाण सहित खुलाए आफुलाई फसाउन खोजिएको भिडियो

1K

काठमाडौं । बलात्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोलेका छन् । उनले बिहीबार सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका छन् ।

उक्त अडियोमा गायिका समिक्षा अधिकारीलाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज छ । उनीहरुले समिक्षासहितकाे टोली बनाएर पललाई फसाउने योजनानै बनाएको पाइएको छ ।

अडियो अनुसार पल र समीक्षाको समझदारी हुने हुने अवस्था रहेको बेला दुर्गेश थाासहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ ।

अडियोमा टाेलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’

उक्त अडियोमा आफूहरु पर्दा पछाडि रहने र समिक्षाले नै सबै काम गर्नु पर्ने भनिएको छ । कलाकार पल शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको छ ।

अडियाे सुन्नुहाेस्

Audio Player

 

00:00

00:00

 

Use Up/Down Arrow keys to increase or decrease volume.Audio Player

 

00:00

00:00

 

Use Up/Down Arrow keys to increase or decrease volume.Audio Player

 

00:00

00:00

 

Use Up/Down Arrow keys to increase or decrease volume.Audio Player

 

00:00

00:00

 

Use Up/Down Arrow keys to increase or decrease volume.Audio Player

 

00:00

00:00

 

Use Up/Down Arrow keys to increase or decrease volume.

Must View