एमसीसीको पक्षमा उभिए कांग्रेश एमालेका सबै माग पुरा गर्न तयार
काठमाडौं - नेपाली कांग्रेस र नेकपा एमालेबीच बालुवाटारमा भएको छलफल सकिएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सकिएको छ । बैठकमा नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए । नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायत सहभागी भएका थिए् । छलफलमा एमसीसी पास गराउन दुई दल एकै ठाउँमा उभिन कांग्रेसले आग्रह गरेको बुझिएको छ ।
बिहीबार दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव राख्नुभएको थियो । ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताउनुभएको थियो ।