ओली- प्रचण्डबीच छलफल सकारात्मक , गठबन्धनको सम्भाबना न्यून
1K
काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको छलफल सकिएको छ ।
नयाँ बानेश्वरमा आज बिहीवार बेलुकी भएको छलफल सकारात्मक भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । लामो समयपछि दुई नेताबीच दुई पार्टीका शीर्ष नेताहरूसहित सकारात्मक छलफल भएको नेम्वाङको भनाइ छ ।
‘विगतमा भएका घटनाका समीक्षाका रूपमा केही कुरा आएका छन् । छलफल सकारात्मक भयो । संसद्को गतिरोधका विषयमा र विगतका विषयमा समीक्षा भयो । धेरै समयपछि यो तहमा गम्भीर रूपमा छलफल भयो, यो खुसीको कुरा हो’, नेम्वाङले भन्नुभयो ।