नागरिक पोष्ट News


कलाकार जयनन्द लामाको निधन

644

काठमाडौँ । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशल टारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।

हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन र उहाँको शरीरको पोष्टमाटमको लागि के एम सी अस्पताल लगिँदै छ ।

राष्ट्रिय सङ्गीतक सङ्घको पहलमा लामाको शरीरलाई भोलि बिहान १० बजे दिउँसो १ बजे सम्म श्रद्धाञ्जलीका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी अन्त्येष्टि गरिने जानकारी छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ धार्पाका लामाले दर्जनौँ लोकप्रिय गीत संकलन तथा गाएका छन् । उनको स्वरमा कलकते काइँयो‚ चुँइचुँइ चुइकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ । २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका लामाले एक सयभन्दा धेरै चलचित्रमा अभिनय गर्नुभएको थियो । थुप्रै टेलिचलचित्रमा पनि अभिनय गरेका लामाले पछिल्लो समय हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’मा अभिनय गर्दै आउनुभएको थियो । सामाजिक सञ्जालमा कलाकार एवं शुभचिन्तक तथा प्रशंसकहरुले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Must View