नागरिक पोष्ट News


बालकोटमा ओली भेटेर फर्किए गृहमन्त्री खाँण

609

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गृहमन्त्री खाँण  र अध्यक्ष ओलीबीच एमसीसी अनुमोदन र संसदको अवरोध हटाउनेबारे कुराकानी भएको ओलीको नीजि सचिवालयले जनाएको छ । 

गृहमन्त्री खाँण बुधबार बिहान बालकोट आएर एमसीसीमा सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेको ओलीको नीजि सचिवालय सदस्य रामशरण बजगाइँले जानकारी दिए । 

त्यसक्रममा अध्यक्ष ओलीले एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म एमालेले कुनैपनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने जवाफ दिएका थिए । मंगलबार बेलुका अध्यक्ष ओली आफै बालकोट पुगेर ओलीसँग एमसीसीबारे छलफल गरेका थिए ।

Must View