नागरिक पोष्ट News


साना लगानीकर्ताको हितमा काम गर्छु : अध्यक्ष हमाल

686

काठमाडौं। नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बोर्डको कार्यालय खुमलटारमा हिजो पदभार ग्रहण गरेपछि अध्यक्ष हमालले यस्तो बताएका हुन ।

शेयर बजारलाई स्वच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्न भूमिका निर्वाह गर्ने उनले बताए । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा हमाललाई नियुक्त गरेको थियो ।

Must View