एमसीसी सदनबाट पारित गरेरै छाड्ने : काँग्रेस प्रवक्ता डा. महत
637
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी अनुदान सहयोग भएकाले पछि नहट्ने स्पष्ट पार्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी मुलुकको हितका लागि भएकाले यसलाई सदनबाट पारित गरेरै छाड्ने बताउनुभएको हो ।
उहाँले गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको बताउनुभयो । उहाँले एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रुपमा प्रचारबाजी गरिएको धारणा राख्नुभयो । एमसीसी सम्झौता संसद्बाट पास गर्न प्रमुख प्रतिपक्षी दल एमालेले समेत सहयोग गर्ने विश्वास रहेको प्रवक्ता महतले बतायनुभयो ।
उहाँले नेपाल काँग्रेस सत्तामा हुँदा वा नहुँदा सत्य कुरामा अडिक रहेको बताउनुभयो । काँग्रेस सत्तामा आइसकेपछि एमसीसीलाई अगाडी बढाउन अग्रसरता देखाएको उहाँको भनाई छ ।