नागरिक पोष्ट News


काभ्रेस्थली कार्कीथोक थलीगाऊँमा कांग्रेस टोल कमिटि गठन

1K

काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर वडा नं २ अन्र्तगत कार्कीथोक थलीगाऊँटोल कमिटी गठन भएको छ । कांग्रेस वडा नं २ का इकाई सभापति रामहरि कार्कीको सभापतित्वमा १५ सदस्य टोल कमिटि गठन भएको हो ।

टोल कमिटिको सभापति भाईकाजी कार्की रहेका छन भने उपसभापतिमा कृष्ण कुमार कार्की , सचिवमा उमेश फुँयाल ,सह सचिवमा राजेन्द्र कार्की र कोषाध्यक्षमा संगीता कार्की रहेका छन ।

शनिबार वडामा सम्पन्न भब्य कार्यक्रमबिच सर्बसम्मतीका रुपमा भाईकाजी कार्की चयन भएका हुन ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश उपसभापति भोगराज फुयाँल,नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ६ का सदस्य राजाराम सापकोटा ,श्रेत्रीय सदस्य राजेन्द्र तिमिल्सिना सहित बिभिन्न नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।

Must View