नागरिक पोष्ट News


अखिल नेपाल महिला संघ तारकेश्वर ८ को भेला सम्पन्न

1.2K

काठमाण्डौ – अखिल नेपाल महिला संघ तारकेश्वर ८ को भेला सम्पन्न भएको छ । नगर उपप्रमुख तथा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य भवानी डोटेल धिताल ९भानु० को प्रमुख आतिथ्यतामा भएको भेलाले गिता धरेलको नेतृत्वमा ४१ सदस्यीय कमिटि घोषणा तथा सपथग्रहण सम्पन्न भएको छ ।

तारकेश्वर नगरपालिका कार्यपालिका सदस्य सुसिला श्रेष्ठको संयोजनमा कार्यक्रम सम्पन्न भएको छ । आजको कार्यक्रममा विशेष अतिथिमा एमाले तारकेश्वर नगर कमिटि अध्यक्ष बासु गौतम, जिल्ला कमिटि सदस्य गोपी सापकोटा, एमाले वडा कमिटि अध्यक्ष मोहन खत्री, नगर कमिटि सदस्य भद्रशिला रसाइली लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । आजको भेलामा ६० भन्दा बढि महिलाहरुको उपस्थिति रहेको थियो ।

Must View