नागरिक पोष्ट News


सरकार छाडनु भन्दा राष्ट्रघाती भएपनि एमसीसी पास गर्न अध्यक्ष माधवले सहमति जनाए

644

काठमाडौं - सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधव नेपालले जनतालाई धोखा दिएको भन्दै कडा आपत्ति जनाउनु भएको छ । सरकार छाडनु भन्दा राष्ट्रघाती भएपनि एमसीसी पास गर्न अध्यक्ष माधवले सहमति जनाएलगत्तै खनाल आक्रोशित हुनुभएको हो ।

एमसीसीलाई संसदमा टेबल गर्न सत्तागठबन्धनका गठबन्धनका शीर्षस्थ नेताबीच भएको सहमतिप्रति नेता खनालले मिडियामार्फत नै आपत्ति जनाउनु भएको छ । पार्टीले यथास्थितिमा एमसीसी टेबल हुन नहुने निर्णय गरेको भन्दै गठबन्धनका नेताहरुबीच भएको सहमतिप्रति खनालले कडा आपत्ति जनाउनु भयो ।

‘मलाई त बैठकमा बोलाउँदै बोलाइएन, अमेरिकासँग झुक्नेले सम्झौता गरे अरे, तर मेरो यसमा सधैं विरोध रहन्छ’, खनालले सार्वजनिक प्रतिक्रिया दिँदै भन्नुभएको छ ।

एमसीसी राष्ट्रघाती भएको ठोकुवा खनालले पुनः दोहोर्याउनु भएको छ । माधवसहित शीर्ष नेताहरुबीच भएको सहमतिलाई स्वीकार्न नसकिने घोषणा गर्दै खनालले भन्नुभयो, ‘यो एउटा सामान्य करार सम्झौतालाई संसदमा लैजान जरुरी नै छैन ।’

Must View