नागरिक पोष्ट News


 एमसीसी भन्दा नि गठबन्धन बचाउने तफ्गा सबै नेताको जोड   

735

काठमाण्डाै -  सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धन बचाउनुपर्छ भन्नेमा जाेड दिएका छन् । आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे बैठकमा गठबन्धनका शीर्ष नेताहरूले गठबन्धन बचाउनुपर्छ भन्नेमा जाेड दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नागरिक पोस्ट लाई जानकारी दिनुभएकाे छ । 

‘आज झन्डै तीन घण्टा चलेकाे बैठकमा नेताहरूकाे एमसीसीका बारेमा आ–आफ्ना धारणा राख्नुभएकाे छ । बैठकमा कुनै निष्कर्ष ननिस्किए पनि गठबन्धन बचाउनुपर्छ भन्नेमा सबैले जाेड दिनुभएकाे छ’, मल्लले भन्नुभयाे ।   

यद्यपि अमेरिकी सहयाेग एमसीसीका बारेमा भने नेताहरूले अडान नछाेडेका र गठबन्धनका शीर्ष नेताहरूकाे अर्काे बैठक भाेलि शुक्रवार बिहान ९ बजेका लागि बाेलाइएकाे उहाँले जानकारी दिनुभयाे ।

बैठकमा कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेता कृष्ण सिटौला सहभागी हुनुहुन्थ्यो । यस्तै माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जसपाबाट डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । 

प्रधानमन्त्री देउवा एमसीसी तत्कालै संसदमा पेस गर्ने पक्षमा हुनुहुन्छ । तर माओवादी र एकीकृत समाजवादीले अहिले एमसीसी पेस गर्न नहुने बताएका छन् । 

Must View