एमसीसीको विषयमा भोली हाम्रो नेपाल हामी नेपालीले विरोध गर्दै
काठमाडौं - अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा हाम्रो नेपाल हामी नेपालीले बुधबार विरोध कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सममेलन गर्दै अभियानले एमसीसीविरुद्ध विरोध कार्यक्रम बुधबार १२ बजे माइतीघर मण्डलामा हुने जानकारी गराएको छ ।
हाम्रो नेपाल हामी नेपालीले सबै स्वतन्त्र नागरिकहरुलाई विरोध कार्यक्रममा उपस्थित हुन आग्रह गरेको हो । कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसीलाई राष्ट्रघाती भन्दै भोलि संसदमा टेबुल गर्न लागेको बताउनुभयो । उहाँले जननिर्वाचित सांसदहरुलाई उपस्थित भएर एमसीसी पारित गर्न नदिन पनि आग्रह गर्नुभयो । अभियन्ता शाहीले नेकपा एकिकृत समाजवादी र माआवादी केन्द्रले आफ्ना संसद नपठाएर सदनमा आफू उपस्थित नदेखाएर एमसीसी पारित गर्न सहयोग गर्न लागेको आरोप लगाउनुभयो ।
नेपालमा एमसीसी सम्झौता गर्ने पहिलो व्यक्तिहरु प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै भएको उहाँले बताउनुभयो ।