निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन साथै भवनको शिलान्यास
- बारा (निजगढ)
निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको उद्घाटन साथै भवनको शिलान्यास भएको छ निजगढ नगरपालिकाका मेयर सुरेश खनाल र नेपाल आँखा कार्यक्रमका अध्यक्ष श्री सुह्द घिमिरे ले अस्पतालको आँखा उपचार सेवा उद्घाटन साथै भवनको शिलान्यास गर्नुभएको हो । अध्यक्ष घिमिरेले भन्नुभयो, “भवन अत्याधुनिक निर्माण गर्नेछौ जुन अपांगमैत्री,वातावरणमैत्री र लैगिंक मैत्री आँखा अस्पताल हुनेछ । ” नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य हरिवंश आर्चायले आँखा स्वास्थ्य सेवामा नेपाल आँखा कार्यक्रम, तिलंगागा आँखा प्रतिष्ठाकानको इतिहास र योगदान सहितको मन्तब्य व्यक्त गर्दै डा. सन्दुक रुईतको कामको प्रंशसा गर्नुभयो । नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । वहाँले नगरपालिकाले पुर्याएको योगदान स्वागतयोग्य भएको र यसरी दिनुभएको माया र विश्वासलाई इमान्दारीपूर्वक निभाउने बताउँनुभयो सामाजिक संघ संस्थाहरुको तर्फबाट ने.रे.सो. उपशाखा निजगढका सभापति नारायण प्रसाद शर्माले २०७५ सालदेखिको प्रयास अहिले आएर कार्यन्वयन भएको छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आखा प्रतिष्ठानका बाह्य कार्यक्रम ब्यवस्थापक डा. मोहन कृष्ण श्रेष्ठले परियोजना तथा उपलब्ध आँखा सेवाहरुको बारेमा जानकारी दिदै आँखा स्वास्थ्य सेवा सर्वसूलभ प्रदान गरिने बताउनुभयो । कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरु, निजगढ नगरपालिकाका सम्र्पुण वडा अध्यक्ष तथा कार्यपालिकाका पदाधिकारीहरु, इलाका स्तरिय सम्पुर्ण सरकारी तथा गैरसरकारी पदाधिकारीहरु, निजगढ नगरपालिका अन्र्तगतका कर्मचारी तथा स्वास्थ्य संस्थाहरु, सञ्चारकर्मीहरु विद्मालयबाट अध्यक्ष तथा प्रधानाध्यापकहरु र महिला स्वंम सेविकाहरुको उपस्थिती रहेको थियो ।