नागरिक पोष्ट News


एक महिने ड्राइभीङ्ग तालिम धमाधम संचालन हुदै 

2.5K

सबु बस्नेत , काठमाण्डौँ - बिपन्न तथा रोजगारीको अबसरको पर्खाइमा रहेका युवाहरुलाई रोजगार सृजना गर्ने उद्येश्यले नेपाल यातायात महिला चालक समुहले  संचालन गरेको एक महिने ड्राइभीङ्ग यतिबेला धमाधम भै रहेको छ।  गोंगबु स्थित एबीसी ड्राईभिङ्ग सेन्टरमा भै रहेको तालिम को फाल्गुन १ गते आईतबार काठमाडौँ महानगरपालिका वडा नम्बर २ बाट जनप्रतिनिधिको एक टोलि तालिम स्थलमा आई अनुगमन समेत गर्नु भएको आयोजक सस्था नेपाल यातायात महिला चालक समुहले बताएको छ। 

सस्थाले विगत लामो समय देखि विपन्न तथा आर्थिक आय स्रोत कमजोर भएका महिलाहरुलाई स्वरोजगार बनाउनको लागि विभिन्न किसिमका आय आर्जज तथा बौद्धिक विकास हुने तालिमहरु प्रदान गर्दे आएको छ । विभिन्न जिल्लाबाट काठमाण्डौँमा आई बसोबास गरेका महिलाहरुलाई निशुल्क रुपमा सञ्चालनभै रहेको  उक्त कार्यक्रम माघ १३ गते देखि  सञ्चालनमा आएको  हो।  

नेपाल यातायात महिला चालक समुहल र राष्ट्रिय युवा परिषद भक्तपुरको साझेदारीमा उक्त कार्यक्रम हुन लागेको हो । 

Must View