नागरिक पोष्ट News


५५ करोड बजेटको स्रोत सुनिश्चित पश्चात धार्के–सितापाइला सडक पुर्ण रुपमा कालोपत्रे हुने  

1.3K

काठमाडौँ - धार्के–सितापाइला सडक अब पुर्ण रुपमा कालोपत्रे हुन भएको छ । नेपाल सरकारको अर्थमन्त्रालयबाट धार्के ठुलोखोला सडक खण्ड पुर्ण रुपमा कालोपत्रे गरि सम्पन्न गर्न ५५ करोड बजेट सुनिश्चित भएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले जानकारी दिनुभयो । मुख्यमन्त्री पाण्डेको क्रियाशिलता, निर्देशन, समन्वयका कारण बजेटको सुनिश्चित भएको उहाँको भनाई छ ।

यो सडक खण्ड कालोपत्रे भएपछि धार्के हुँदै काठमाण्डौँ प्रवेश गर्ने यात्रुहरुलाई सहज हुनुका साथै नागढुँगा मुग्लिन सडक चौडा पार्ने क्रममा धार्के देखि काठमाण्डौँ तर्फको यातायात व्यवस्था सहज हुने उक्त सडक अबस्थित धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले नागरिक पोस्टलाई बताउनु भयो। 

प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा प्रदेशभर हुने भूमिकाको साथमा जिल्ला र निर्वाचनक्षेत्र केन्द्रित अन्य भौतिक पूर्वाधार विकासको योजनामा पनि निरन्तर फलोअप भइरहेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

Must View