नागरिक पोष्ट News


नगरपालिकाको आलु पकेट क्षेत्र कार्यक्रम मार्फत धुनिवेशीका १ सय ४० घरका किसान पुर्णरुपमा लाभान्वित

1.5K

धादिङ्ग - जिल्ला स्थित   धुनिवेशी नगरपालिकामा आलु पकेट क्षेत्र सार्वजनिकीकरण तथा सामाग्री वितरण कार्यक्रम गरिएको छ । वडा नम्बर ७ दोभानमा आलु पकेट क्षेत्रको बारेमा जानकारी सहित सामाग्री वितरण गरिएको हो । उक्त वडाको तोप्लाङ, लिखु, झाप्रे, थली र गुरदुमका कृषी समुहलाई धुनिवेशी आलु पकेट सँचालक समितीद्धारा सञ्चालित आलु पकेटका लागि सामाग्री वितरण गरिएको नगरपालिकाको कृषी शाखा प्रमुख सन्तोष खड्काले बताउनुभयो ।

यस अघि तोप्लाङ, झाप्रे, थली, गुरदुमका एक एक समुह र लिखुको दुई समुह गरि ६ समुहलाई स्थलगत घुम्ती तालिम प्रदान गरिएको थियो । सोहि समुहहरुलाई मँगलबार आयोजित कार्यक्रम मार्फत मिनिटेलर ७ वटा, ईलेक्ट्रिक स्प्रे १६ वटा, आलुको बिउ १३ मेट्रिक टन, ३६० रोपनी क्षेत्रफल बराबरको माटोको उपचारको लागि विषादी वितरण तथा व्यवस्थापन पनि गरिएको कृषी शाखा प्रमुख खड्काको भनाई छ ।

आलु पकेट क्षेत्र कार्यक्रम मार्फत १ सय ४० घरका किसान पुर्णरुपमा लाभान्वित हुनेछन् भने रोजगारी पनि सिर्जना हुनेछ । कार्यक्रममा नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, कृषी शाखा प्रमुख सन्तोष खड्का लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।

Must View