नागरिक पोष्ट News


धुनिवेशीको महालक्ष्मी आधारभुत विद्यालयका विद्याथीलाई शैक्षिक सामाग्री वितरण

1.4K

धादिङ - धुनिवेशी नगरपालिका वडा नम्बर १ मा रहेको महालक्ष्मी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । आईतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यालयका ९० जना विद्यार्थीहरुलाई दौँतरी सँस्था मार्फत शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई कपी, कलम, पेन्सिल, झोला, ज्योमिक्ट्री बक्स, जुत्ता, ज्याकेट सहित फुटबल, भलिबल, व्याडमिन्टन लगायतका सामाग्री वितरण गरिएको छ ।

धुनिवेशी नगरपालिकाका खेल प्रशिक्षक मिथुन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता र वडा अध्यक्ष चन्द्र तामाङको विशेष आतित्थ्यता रहेको थियो । यस्तै कार्यक्रममा दौँतरी सँस्थाका अध्यक्ष सम्पन्न स्थापित, उपाध्यक्ष दिपेन्द्र मानन्धर, कोषाध्यक्ष उत्तरा मानन्धर, सदस्य उमित्रा मानन्धर लगायतका आतित्थ्यता रहेको थियो ।

धुनिवेशी नगरपालिकाका खेल प्रशिक्षक मिथुन तामाङले विद्यालयमा शैक्षिक सामाग्री वितरणका लागि पहल गर्नुभएको थियो ।

Must View