प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइले पारित हुने कानुनमन्त्री बडुको दावी
819
काठमाडौं - कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताउनुभएको छ ।
आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंंग कुरा गदै संवैधानिक निकास दिनका लागिमहाअभियोग दर्ता भएको बताउनुभएको हो ।
उहाँले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गरेको पनि बताउनुभयो । मन्त्री बडुले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइले पारित हुने दावी गर्नुभयो ।