नागरिक पोष्ट News


कोटकालीका मन्दिर परिसरमा नेपाली सेनाले निर्माण गरेको प्रतिक्षालय र शौचालय नगरपालिकालाई हस्तान्तरण

1.6K

काठमाण्डौँ - धादिङको धुनिवशी ४ कोटकालीका मन्दिर परिसरमा नेपाली सेनाले निर्माण गरेको सँरचना नगरपालिकालाई हस्तान्तरण गरेको छ । मँगलबार एक कार्यक्रमको आयोजना गरि मन्दिर परिसरमा निर्माण गरिएको प्रतिक्षालय र शौचालय नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम समन्वय कार्यालयको आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित बजेटबाट देवीदत्त गणद्धारा निर्माण गरिएको उक्त सँरचना धुनिवेशी नगरपालिकालाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा शिवदल गणका गणपती प्रमुख सेनानी अशोक राज बराल, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, वडा अध्यक्ष हरि सुवेदी लगायतको उपस्थिती रहेको थियो । ऐतिहासिक युद्धस्थल, कोट, गढी तथा एकिकरण पदमार्गको प्रर्वद्धन तथा सँर्वद्धन गर्ने उदेश्यले उक्त सँरचना निर्माण गरिएको सेनाले जनाएको छ ।  

Must View