नागरिक पोष्ट News


धार्के–सितापाइला सडक पुर्ण रुपमा कालोपत्रे हुने

1.7K

काठमाण्डौँ - धार्के–सितापाइला सडक अब पुर्ण रुपमा कालोपत्रे हुने भएको छ । नेपाल सरकारको अर्थमन्त्रालयबाट धार्के ठुलोखोला सडक खण्ड पुर्ण रुपमा कालोपत्रे गरि सम्पन्न गर्न ५५ करोड बजेट सुनिश्चित भएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले जानकारी दिनुभयो । मुख्यमन्त्री पाण्डेको क्रियाशिलता, निर्देशन, समन्वयका कारण बजेटको सुनिश्चित भएको उहाँको भनाई छ ।

यो सडक खण्ड कालोपत्रे भएपछि धार्के हुँदै काठमाण्डौँ प्रवेश गर्ने यात्रुहरुलाई सहज हुनेछ भने नागढुँगा मुग्लिन सडक चौडा पार्ने क्रममा धार्के देखि काठमाण्डौँ तर्फको यातायात व्यवस्था सहज हुनेछ ।

प्रदेश सरकारको मुख्यमन्त्रीको रुपमा प्रदेशभर हुने भूमिकाको साथमा जिल्ला र निर्वाचनक्षेत्र केन्द्रित अन्य भौतिक पूर्वाधार विकासको योजनामा पनि निरन्तर फलोअप भइरहेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

Must View