नागरिक पोष्ट News


टोखा नगरपालिकाको मुहार फेर्न सफल नगर प्रमुख प्रकाश अधिकारीसँग गरिएको विषेश कुराकानी (भिडियो सहित)

1.4K

काठमाण्डौँ - स्थानीय तह विशेष नागरिक संवादमा विभिन्न जन प्रतिनिधिहरु र स्थानीय निकायका व्यक्तित्वहरुसँग गरिएका भलाकुसारीलाई हामीले समेट्ने गरेका छौँ । त्यसै क्रममा काठमाण्डौँ जिल्लाकोे उत्तरी भेगमा रहेको टोखा नगरपालिकासँग सम्बन्धित एक विशेष कुराकानी प्रस्तुत गर्न लागि रहेका छौँ ।

नुवाकोट जिल्लासँग सिमाना जोडिएको उत्तरी भेगमा रहेको टोखा नगरपालिका काठमाण्डौँ जिल्ला अन्तर्गतको पहाडी भु- भागहरुलाई समेत समेटिएको नगरपालिका हो ।

यस नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा झोर मंहाकालको बौडेश्वर महादेव, टोखा चण्डेश्वरीको सपनतिर्थ, टोखा सरस्वतीको इन्द्रेणी भुतखेल चौर, धापासीको बसुन्धरादेवी, गोगंबुको मनोहर तिर्थ र विचविनायक प्रमुख रुपमा रहेका छन् । यसै गरी यस नगरपालिकामा मुख्य पोखरीहरुमा सरस्वती गहनापोखरी ,गणेश पोखरी ,त्यस्तै यस क्षेत्रमा अन्तराष्ट्रिय ख्याती प्राप्त ग्राण्डी अस्पताल आदि रहेका छन् । यस नगरपालिकामा ८ वटा सामुदायिक विद्यालय र ७३ वटा सस्थागत विद्यालय हित शिशु स्याहार केन्द्र देखि उच्च शिक्षा अध्ययन गराउने कलेजहरु समेत रहेका छन् । नगरपालिकामा १ वटा प्राथमिक स्वास्थ्य केन्द्र र ४ वटा स्वास्थ्य चौकी रहेका छन् भने ६३ वटा सहकारीहरु रहेका छन् । पहिलो स्थानीय तहको निवार्चन हुनु भन्दा अगाडि नगरपालिकाको अवस्था कुनै विकट जिल्लाको भुगोलको जस्तै थियो । वर्तमान अवस्थामा नगरपालिकाले आफ्नो मुहारनै फेरेको हामीले देख्न सक्दछौँ । प्रस्तुत छ ,यसै विषयमा आधारित रहेर टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीसँग गरिएको कुराकानी जस्ताको तस्तै हेर्न र सुन्न तलको लिकंलाई किल्क गर्नुहोस्  :

 

Must View