नागरिक पोष्ट News


काठमाण्डौमा पनि देखियाे बर्ड फ्लुको सङ्क्रमण

0.9K

काठमाण्डाै - काठमाण्डौमा पनि बर्ड फ्लुको सङ्क्रमण देखा परेको छ । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका ३ मा गोविन्द मगरले पालेको कुखुरामा बर्ड फ्लु सङ्क्रमण पुष्टि भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सङ्क्रमण देखिएको ठाउँकाे पक्षी नष्ट गरिनुका साथै निःसङ्क्रमण समेत गरिएको छ । थप सङ्क्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाण्डाैमा २० वटा कुखुरा, पाँच वटा परेवा र तीन वटा लौकाट नष्ट गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

कुखुरा मर्न थालेपछि शङ्का लागेर केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा रियालटाइम पीसीआर परीक्षण गर्दा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएको क्षेत्रबाट एक हजार नाै सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस र २० वटा हाँसको अण्डा, एक हजार किलो दाना र तीन सय ५० वटा अण्डाको क्रेट नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा देखिएको बर्ड फ्लु एचपीएआई, र एचफाईभ एन वान रहेको मन्त्रालयले जनाएको छ । यसअघि गएकाे शुक्रवार चितवनको राप्ती नगरपालिकाको पक्षीमा पनि बर्ड फ्लु सङ्क्रमण देखिएको थियो । 

Must View