नागरिक पोष्ट News


गोजोलिदै एमसीसी , संसदमा पेस गर्ने सहमति गठबन्धन कै बनेन   

728

काठमाण्डाै - सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आजको छलफलमा पनि अमेरिकी सहयोग एमसीसीसँगको सम्भौता संसदमा पेस गर्नेबारे सहमति जुट्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेस गर्नेबारेमा छलफल भए पनि सहमति नजुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा एमसीसी सम्झौता संसदमा अघि बढाउने विभिन्न विकल्पहरूबारे छलफल भएको र प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अब बस्ने बैठकमा सम्झौता पेस गर्ने प्रस्ताव गरेकोमा दाहाल र नेपालले अहिलेकै अवस्थामा एमसीसी अघि बढाउन नसकिने बताउनुभएको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक पर्सि सोमबारका लागि बोलाइएको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल आफैँले दिएको समयसीमा सकिन अब १५ दिन मात्रै बाँकी छ । प्रधानमन्त्री देउवा एमसीसी संसदमा पेस गर्ने योजनामा हुनुहुन्छ भने सत्तागठबन्धनका अरु मुख्य घटक माओवादी र नेकपा एकीकृत समाजवादी संसोधन बिना एमसीसी अघि नबढाउने अडानमा छन् ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले एमसीसी सम्झौताबारेमा संसदमा छलफल हुनुपर्ने पक्षमा छ ।  तीन नेताबीच आज भएको छलफलमा मन्त्रीपरिषद पूर्णताका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ । 

Must View