नागरिक पोष्ट News


हा’इपर फण्ड र क्रि’प्टोकरेन्सीमा लगानी गर्ने नेपालीलाई जहाँ भएपनि पक्राउ गरिने

1.3K

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हा’इपर फन्ड, बे’टिङ, गे’मिङ, क्रि’प्टोकरेन्सीवाला नेपाली नेपालको कानुन उ’ल्लंघन गरे बापत जहाँ भएपनि एक दिन पक्राउ पर्ने बताएका छन् ।

यस्ता गलत माध्यमबाट मुलुकबाट पूँजी पलायन र रेमिटेन्स घट्न थालेकोमा चि’न्ता व्यक्त गरेका छन् । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अर्थमन्त्रीले यस्तो विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘नयाँ सूचना प्रविधिको विकास मानव जातिको लागि आफैँमा उपलब्धि हो,’ मन्त्री शर्माले भने, ‘जसले हाम्रा जीवन व्यवहारलाई सहज बनाएको छ । तर त्यो उपलब्धि भित्रका नकारात्मक पक्षहरू पनि छन् ।’मुलुकको कानुन एकातिर रहेको तर क्रि’प्टोकरेन्सी र हा’इपर फण्ड लगायतको कारोबार अर्कैतिरबाट भइरहेको उनको भनाई छ ।

Must View