नागरिक पोष्ट News


पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मी भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष

1K

काठमाडौं,२३ माघ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष निकालेको छ । बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालको संयोजकत्वमा गठित उपसमितिले रेग्मी आर्थिक अनियमिततामा संलग्न रहेको निष्कर्ष निकालेको हो ।

साथै उनलाई थप कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्न सिफारिस गरेको छ । उपसमितिले रेग्मीले बोर्डमा गरेका आर्थिक अनियमितता, गैरकानूनी क्रियाकलाप अनि भन्सारका कर्मचारीमाथिको दुव्र्यवहार र सुन चोरी पैठारीजस्ता घटनाले रेग्मी पर्यटन बोर्डको प्रमुख कार्यकारी पदमा रहिरहन उपयुक्त नहुने सुझाव दिएको छ ।

आर्थिक अनियमितताको आरोपमा थप अनुसन्धान हुनुपर्ने भनेको छ । नेपाल पर्यटन बोर्ड ऐन २०५३ मा बोर्डको कार्यकारी समितिको निर्देशनको पालना नगरेमा वा बोर्डलाई हानी हुने काम गरेमा छानबिन उपसमिती गठन गरी कार्यकारी प्रमुखलाई पदबाट हटाउने व्यवस्था छ ।

Must View