नागरिक पोष्ट News


फागुन २ को संसद बैठक सार्न एमालेको आग्रह

560

काठमाडौं - नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ ।एमालेको प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आग्रह गरेको हो ।

   एमाले प्रमुख सचेतक विशाल भट्टराईले संघीय संसद सचिवालयका महासचिव र सचिवलाई आग्रह गरेको जानकारी दिनुभयो ।‘कार्यक्रम जुधेकाले एक दिन पर सारिदिनुपर्‍यो भन्ने आग्रह गरेका हौं,’ भट्टराईले भन्नुभयो, ‘त्यसमा अन्यथा केही छैन ।’माघ २६ गते बोलाइएको बैठक सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले फागुन २ गतेसम्मलाई सारेका छन् ।

Must View