नागरिक पोष्ट News


तिन दिने अनलाईन पत्रकारिता तथा सोसल ब्लग ब्यबस्थापन तालिम सुरु 

1.9K

काठमाडौँ - लामो समय देखि सामाजिक गतिबिधिहरुमा सक्रिय रहदै आएको आईसिटि पत्रकार बिकास मन्चको आयोजनामा अनलाईन पत्रकारिता तथा सोसल ब्लग ब्यबस्थापन तालिम बुधबारबाट सुरु भएको छ। रास्ट्रिय युबा परिषद भक्तपुरको सहयोगमा तिन दिन सम्म संचालन हुने उक्त तालिममा युवाहरुलाई अनलाईन पत्रकारिताको आधारभूत ज्ञान संगै डिजिटल प्ल्यार्टफर्मको प्रयोगबाट कसरी आयआर्जन गरी आत्मानिर्भर तथा उधमशील बन्न सकिन्छ भन्ने बिसयमा प्रशिक्षण दिईने आयोजक आईसिटि पत्रकार बिकास मन्चले जानकारी गराएको छ। 

कलंकी स्थित जनपथ नमुना माविमा  बुधबारबाट सुरु गरिएको तालिमको उद्घाटन कार्यक्रममा  रास्ट्रिय युवा परिषद भक्तपुरमा कार्यरत उप सचिब चन्द्रा थापा , काठमाडौँ महानगर पालिका वडा नम्बर १४ कि वडा अध्यक्ष सोभा सापकोटा , बिद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछाने लगायतका बिशिष्ट व्यक्तित्वहरुको  उपस्थिति थियो। 

युबा परिषदले विभिन्न संघसस्था हरुसंगको साझेदारीमा हाल देशका विभिन्न स्थानमा युवा लक्षित कार्यक्रम हरु गरिरहेको छ। सोहि क्रमको निरन्तरता स्वरुप युवाहरुलाई डिजिटल माध्यमबाट आत्मानिर्भर बनाउन टेवा पुराउने उदेश्यले कार्यक्रमका लागि युवा परिषदले साझेदारी गरेको परिषदमा कार्यरत उपसचिव चन्द्रा थापाले बताउनु भयो।

 बुधबार प्रशिक्षकहरु  पवन फुयाल , हरि तामाङ्ग , रोयल आचार्य र भोला तिमल्सिनाले अनलाइन पत्रकारिताको बिसयमा प्रशिक्षण दिनु भएको थियो ।  जनपथ माविमा अध्यनरत बिद्यार्थी सहित ४५ जना तालिममा सहभागी भै रहेका आयोजक आईसिटि पत्रकार विकास मन्चकि उपाध्यक्ष सावित्री बस्नेतले जानकारी दिनु भएको छ  । 

 

 

Must View