नागरिक पोष्ट News


तारकेश्वर नगर प्रमुखमा काँग्रेसबाट मनोहरि तिवारी चर्चा

1.2K

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने घोषणा गरेसंगै राजनीति माहोल तातेको छ । निर्वाचन हुने पक्का भएपछि आकांक्षीको समेत चर्चा हुन थालेको छ ।

स्थानीय तहको निर्वाचनको मिति तोकिएपछि तारकेश्वर नगरपालिकामा पनि मेयर, उप–मेयरका लागि बिभिन्न दलका नेताहरुको दौडधुप सुरु गर्न थालेका छन् ।नेपाली कांग्रेसबाट आगामी स्थानीय निर्वाचनमा तार्केश्वर मेयरमा वडा नं। ३ का वडा अध्यक्ष भइसकेका मनोहरि तिवारीले उम्मेदवारी दिने चर्चा सुरु भएको छ । नेपाली काँग्रेस तारकेश्वरका युवा नेता हरि तिमिल्सिनाका अनुसार तिवारी सफल वडाअध्यक्ष भइसकेका कारण अब मेयरको लाइनमा उभिनु नगरबासीको लागि गौरवको कुरा हो ।

तिवारी तारकेश्वर ३ निवासी हुन् । स्थानीय सरकारको पहिलो कार्यकालको अनुभव सम्हालेका तिवारी नगर प्रमुखका लागि उपयुक्त भएको स्थानीय काँग्रेसका कार्यकर्ताहरु भन्दछन् ।

Must View