नागरिक पोष्ट News


तारकेश्वरको मेयरमा कांग्रेसबाट कृष्णहरि मर्हजन

1K

काठमाडौं -तारकेश्वर, सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने घोषणा गरेसंगै राजनीति माहोल तातेको छ । निर्वाचन हुने पक्का भएपछि आकाक्षीको समेत चर्चा हुन थालेको छ ।

स्थानीय तहको निर्वाचनको मिति तोकिएसंगै तारकेश्वर नगरपालिकामा पनि मेयर, उप(मेयरका लागि बिभिन्न दलका नेताहरुको दौडधुप सुरु गर्न थालेका छन् ।

नेपाली कांग्रेसबाट आगामी स्थानीय निर्वाचनमा तार्केश्वर मेयरमा युवा नेता कृष्णहरि मर्हजनको चर्चा रहेको छ । मर्हजन कांग्रेस तारकेश्वरको नगर सभापतिका समेत हुन् ।

कांग्रेस तार्केश्वरमा लोकप्रिय युवा नेता महर्जन स्थानीयमाझ पनि उत्तिकै लोकप्रिय छन् ।

केही महिना अघिमात्र सम्पन्न भएको कांग्रेसको वडा, नगर, क्षेत्रीय तथा प्रदेश अधिवेशन हेर्दा काठमाडौ क्षेत्र नं ६ मा कृष्ण प्रसाद सिटौला अर्थात भिमसेनदास प्रधानको टिम बलियो छ । जसका कारण अवको चुनावमा कांग्रेसको तर्फबाट मेयरको टिकटमा पहिलो प्राथमिकता कृष्णहरि मर्हजननै हुने कांग्रेसजनहरुको भनाई छ ।

राजनीति रुपमा मात्र नभई शैक्षीक तथा सामाजिक रुपमा पनि मर्हजन अब्वल मानिन्छन् ।

महर्जनलाई नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताको पुर्ण सम्मर्थन रहने चर्चा कांग्रेसजनविच चल्ने गरेको छ । उनलाई कांग्रेस नेता भिमसेनदास प्रधान, क्षेत्र नम्बर ६ का सभापति श्यामकृष्ण खड्की, प्रदेश ६ ञखझ का सभापति बिष्णुभक्त तिमिल्सिना र तार्केश्वरका सबै वडा सभापतिहरुको साथ रहेको भुझिएको छ ।

Must View