नागरिक पोष्ट News


साताव्यापी मास्क वितरण कार्य सम्पन्न

1K

काठमाडौं - तारकेश्वर नगरपालिकामा सामुदायिक सेवा केन्द्र तारकेश्वर र बालाजु प्रहरि वृत्तको संयुक्त प्रयfसमा साताव्यापी मास्क वितरण कार्य सम्पन्न भएको छ । मास्क वितरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामेश्वर देवकोटा, उपाध्यक्ष राजकुमार खड्का, बालाजु प्रहरि वृत्तका डिएसपी गौतम मिश्र लगायत प्रहरिहरु र सामुदायिक सेवा केन्द्र तारकेश्वरका सदस्यहरुको सहभागितामा मास्क वितरण कार्यक्रमले सार्थकता पाएको छ ।

कोरोना संक्रमण बढेसँगै स्वास्थ्य सामाग्री र जनचेतनामुलक कार्यक्रम लिएर सामुदायिक सेवा केन्द्र तारकेश्वर र बालाजु प्रहरि वृत्तले मास्क वितरण गरेको तारकेश्वर सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष तथा राप्रपाका युवा नेता राजकुमार खड्काले बताउनुभयो ।

खड्काले आफुले राजनीतिसँगै समाज सेवाका कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागिता जनाइरहेको बताएका छन् । खड्काले आफुले पनि तारकेश्वरका सार्वजनिक संस्थाहरुमा आवश्यक परेको खण्डमा मास्क, सेनिटाइजर वितरण गर्न तयार रहेको बताएका छन् ।

Must View