नागरिक पोष्ट News


ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दुई नेपाली चलचित्रले अवार्ड जित्यो

1.1K

काठमाडौं - बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा दुई नेपाली चलचित्रले अवार्ड जितेका छन् । आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो ।

आफूले ‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड जितेको ‘ऐना झ्यालको पुतली’का निर्देशक सुजित बिडारीले जानकारी दिनुभयो । यस विधाको उत्कृष्ट चलचित्रको अवार्ड भने भारतको तमिल चलचित्र ‘पेब्बल्स’ले हात पारेको छ ।  अवार्डसँगै ‘पुतलीको सपना’ले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । १७ विधामा प्रदान गरिएको अवार्ड समारोहका लागि ढाका पुगेका सुजित र किरण भने कोरोना संक्रमणका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् ।

अरु दिनका कार्यक्रममा सहभागी हुन पाएको भएपनि अवार्ड समारोहका दिन भने कोरोना पोजेटिभ देखिएका उपस्थित हुन नसकिएको निर्देशक बिडारीले जानकारी दिनुभयो । 

Must View