नागरिक पोष्ट News


अनलाइनबाट आफ्नो ‘पाद’ बेचेर टिभी सेलिब्रिटीले कमाइन् ६० लाख रुपैयाँ

1.2K

स्टेफनी म्याटोले एक भिडियोको माध्यमबाट यो कुराको खुुलासा गरेकी हुन् । स्टेफनी म्याटो अमेरिकी रियालिटी शो ‘९० डे फियान्से’ बाट चर्चामा आएकी थिइन् । आफ्नो इन्स्टाग्राममा भिडियो अपलोड गरेर उनले पाद बेच्ने पुरा प्रक्रिया बुझाएकी छिन् । स्टेफनीले आफ्नो पाद एक जारमा बन्द गरेर त्यसमा गुलाबको केही पातहरु मिसाएर व्यक्तिगत नोटसहित बिक्री गरिन् र एक साताभित्रै करिब ३८ हजार पाउण्ड अर्थात् ६० लाख रुपैयाँमा बेचेकी छिन् । अभिनेत्रीलाई दैनिक सयौँ अर्डरःआफ्नो पाद किन्नका लागि दैनिक सयौँ अर्डर आउने अभिनेत्रीले दाबी गरेकी छिन् । उनलाई पाद बजार बारे पनि थाहा छ जहाँ यो किन्न र बेच्न सकिन्छ । स्टेफनीका अनुसार थुप्रै वर्षदेखि महिला र पुरुष दुबैले उनले लगाएको लुगा, नुहाएको पानी आदि खरिद गर्ने इच्छा राखेका छन् ।

Must View