नागरिक पोष्ट News


नौबिसे स्वास्थ्य चौकीमा आईतबार लगाए ३ सय ७१ जनाले कोरोना विरुद्धको खोप

1.1K

धादिङको धुनिवेशी नगरपालिका स्थित नौबिसे स्वास्थ्य चौकीमा आईतबार ३ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउन बाँकी र यस अघि कुनै पनि खोप नलगाएका १२ वर्ष भन्दा माथीका नागरिकलाई खोप लगाईएको स्वास्थ्य चौकीका प्रमुख गिता भट्टले जानकारी दिनुभयो ।

खोप अन्तर्गत भेरोसेलको दोस्रो मात्रा ७८ जनाले लगाएका छन् । जसमा महिला ३८ र पुरुष ४० जना रहेका छन् । यस्तै कोभिसिल्डको दोस्रो मात्रा ११३ जनाले लगाएका छन् । जसमा महिला ७२ र पुरुष ४१ जना रहेका छन् । यस्तै मोर्डना खोपको पहिलो मात्रा महिला ८३ र पुरुष ९७ गरि १८० जनाले लगाएका छन् ।

आईतबार कोरोनाको विरुद्धको खोप लगाउन स्वास्थ्य चौकीले केहि दिन अघि देखि नै सुचना जारी गरेको थियो ।

Must View