नागरिक पोष्ट News


नेप्से उच्च बिन्दुमा बढ्दै

868

काठमाडौं। शेयर बजार मंगलबारको कारोबारमा सुरुमा घटेर उतारचढाव भए पनि चुनाव हुने पक्का भएपछि फर्किएको छ । बजार मंगलबार दोहोरो अंकले बढेको हो ।

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक मंगलबार १९.२६ अंकले बढेर बजार २८९१.३० बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।

मंगलबार कूल २२३ कम्पनीको ८० हजार ८ सय २९ कारोबारबाट ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४ सय १८ रूपैयाँ बराबरको १ करोड २१ लाख ६७ हजार ६ सय ५ कित्ता शेयर किनबेच भए ।

कूल कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ, ३६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन नभएको स्टक एक्सचेञ्जको तत्थ्यांकमा उल्लेख छ ।

आइतबार १०५.५५ अंकले बढेको बजारमा सोमबार भने १४.४८ अंकले सुधार आएको थियो। मंगलबार २९७५.७४ बिन्दुबाट कारोबार सुरु भएको थियो ।

बजार खुल्नेवित्तिकै दोहोरो अंकले घटेर २८५७.९५ बिन्दुमा ओर्लिएको थियो । पौने १ बज्दा बजार बढेर २८८१.३५ बिन्दुमा पुगेको हो । सोही समय एकाएक चुनावी चर्चा आएसँगै लगानीकर्ता उत्साहित देखिए । जसका कारण मंगलबार बजार बन्द हुने समयमा उकालो लागेको शेयर विश्लेषक एंव लगानीकर्ता नवराज अधिकारी बताउछन् ।

Must View