नागरिक पोष्ट News


शेयरमा उल्लेख्य वृद्धि, निर्वाचनको संकेतसँगै

1.1K

काठमाडौं, १६ माघ । निर्वाचनको संकेतदेखिदै शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरू जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न तयार भएसँगै त्यसको प्रभाव शेयर बजारमा परेर नेप्सेमा सुधार आएको शेयर विश्लेषक एंव लगानीकर्ता नवराज अधिकारीको भनाई छ ।

यो साता आइतबारको बजारले भने सकारात्मक संकेत गरेको छ ।

गएको साता १५१.३२ अंकले घटेको बजारमा यो साताको पहिलो दिदै आइतबार नै १०५.५५ अंकको वृद्धि भएको छ ।

शेयर बजार अघिल्लो दिनको तुलनामा ३.८० प्रतिशले वृद्धि भई २८८५.५३ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।

कूल २३१ कम्पनीको ८१ हजार ७ सय कारोबारबाट आइतबार ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रूपैयाँको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच भए ।

आइतबार कारोबार भएका मध्ये १ सय ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको मूल्य घटेको छ ।

Must View