सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइँदै
काठमाडौ । कोभिड संक्रमण बढेको र भिडभाड कम गर्न भन्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेका थिए । जसका कारण घरमा भएका नीजि सवारी साधन पनि चलाउन पाइएको थिएन । संक्रमण दर ह्वात्तै बढ्दा विरामीहरु औषधी लिन जान तथा अस्पताल जान पनि घरको सवारी साधन प्रयोग गर्न नपाउँदा अप्ठेरो भएको छ ।
उता सडकमा पनि जोर विजोर प्रणालीका कारण सवारी साधन कम चल्दा निकै भिड हुने गरेको भन्दै विरोध भइरहेको छ । यातायात ब्यवसायीले जोर विजोर प्रणाली अब्यवहारीक भएको र यसले थप भिड बढाएको भन्दै गुनासो गरेपछि हटाउने तयारी गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले गत शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू भएको हो।
सरकारीलगायत अन्य सबै सेवा तथा व्यवसाय निरन्तर चलेपछि जोर बिजोर प्रणालीको मोडालिटी परिवर्तन गर्न लागिएको हो। शुक्रबार बस्ने काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारी साधहरुमा लागु हुँदै आएको जोर बिजोर हटाउने तयारी गरेका छन्। उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर हटाउने र निजी सवारी साधनहरुमा मात्रै लागु गर्ने तयारी छ।
सरकारले मास्क अनिवार्य लगाउन आग्रह भएपनि सहचालकले पालना गरेका छैनन्। दैनिक रुपमा कोभिड संक्रमण बढिरहेकाले त्यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ। सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य लैजान भनिएको छ । खोपको प्रयाप्त उपलब्धता छैन । त्यसैले सिडिओहरुले गरेका यस्ता निर्णय अब्यवहारीक बनेका छन् ।
खोपको सुनिश्चित नहुँदै खोप कार्ड अनिवार्य गरिएको भन्दै पनि विरोध उठेको छ । कतिपयले खोप लगाउने नलगाउने ब्यक्तिको निजि अधिकार हो भन्दै अनिवार्य गर्न नमिल्ने भन्दै विरोध गरेका छन् । ब्यक्तिको स्तन्त्रता माथि नियन्त्रण भएको भन्दै राष्ट्रिय मानव अधिकारमा उजुरी समेत परेको छ ।