नागरिक पोष्ट News


तारकेश्वर शैक्षिक हब बन्दै, हिम रश्मी, चिल्ड्रेन हेराल्ड र सृजना ज्ञानसागरले आइएसए अवार्ड पाउन सफल

1.2K

काठमाडौं । तारकेश्वर नगरपालिका पछिल्लो समय शैक्षिक हबको रुपमा विकास हुँदै गएको छ । यस वर्षमात्र नगर भित्रका तीन संस्थागत विद्यालयले बेलायतबाट प्राप्त गरिने ३ वर्षे आइसएस अवार्ड प्राप्त गरेको छ । जसमा हिम रश्मी हाई स्कुल, चिल्ड्रेन हेराल्ड एकेडेमी, श्रृजना ज्ञानसागरले प्राप्त गरेको छ ।

हिम रश्मी हाई स्कुल, चिल्ड्रेन हेराल्ड एकेडेमी र श्रृजना ज्ञानसागरले फुल अवार्ड प्राप्त गरेको छ । तारकेश्वरबाट पहिलोपटक चिल्ड्रेन हेराल्ड र श्रृजना ज्ञानसागरले प्राप्त गरेको छ भने हिम रश्मी हाई स्कुल भने दोस्रोपटक पनि अवार्ड पाउन सफल भएको छ । आइएसए अवार्डहरु प्राप्त गर्न धेरै विद्यालयहरुले सहभागीता जनाएपनि थोरै विद्यालयहरुले मात्र पाउने गरेका छन् ।

जसमा तारकेश्वरमा तीनऔटै विद्यालयले पाउन सफल भए । दोस्रोपटक पनि अवार्ड पाउनु झन गाह्रो विषय थियो तर हिम रश्मी हाई स्कुलले राम्रो मिहेनत गरेका कारण पाउन सफल भएको विद्यालयका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले बताउनुभयो ।

तारकेश्वरका यी तिन विद्यालय उत्कृष्ट विद्यालय हुन् । जहाँ प्राक्टीकल बेसमा अध्यापन गराइन्छ । विद्यार्थीले कक्षा कोठामा पढेको कुरालाई तत्कालै सिप सिक्नुका साथै व्यवहारिक जीवनमा समेत उपयोगी हुने भएकाले प्राक्टीकल बेसको शिक्षालाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ । पछिल्ला समय नेपालका केही विद्यालयहरुमा पनि प्राक्टीकल बेसमा अध्यापन हुँदै आएको छ । नेपालमा जति पनि विद्यालयहरुले अवार्ड पाएका छन् तिनीहरुमध्ये प्राक्टीकल बेसमा अध्यापन गराउने विद्यालयले अवार्ड प्राप्त गर्न सफल भएका छन् । अवार्ड पाउन बिदेसी विद्यालयका विद्यार्थीहरुसँग अनलाइनबाट त्यहाँको भाषा, संस्कृति सिक्नुका साथै यहाँको भाषा र संस्कृति बिदेसका विद्यार्थीहरुलाई सिकाउन आवश्यक पर्छ । तारकेश्वरमा अरु पनि उत्कृष्ट विद्यालयहरु धेरै नै छन् । तर अवार्ड प्राप्त भने गरेका छैनन् ।

Must View