नागरिक पोष्ट News


श्वेता तिवारीको माफी ‘भगवानले मेरो ब्रा को साइज लिदै हुनुहुन्छ’ भन्ने मा

1.5K

एजेन्सी । धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेकी बिग बोस फेम श्वेता तिवारीले माफी मागेकी छिन् । श्वेताले पनि विज्ञप्ति जारी गर्दै यस विवादमा आफ्नो भनाई सार्वजनिक गरेकी हुन् । उनले आफ्नो विज्ञप्तिमा लेखेकी छन्, ‘मेरो सह कलाकारको अघिल्लो भूमिकाको सन्दर्भमा मेरो भनाइ आएको हो तर मेरो भनालाई गलत बुझेर विरोध गरिएकोमा मेरो ध्यानाकर्षण भएको छ ।

उक्त भनाइको सन्दर्भ बुझेपछि थाहा हुन्छ कि यो भनाइ आफ्नो अघिल्लो सिरियलमा भगवानको भूमिका निर्वाह गरेका ‘भगवान’ सौरभराज जैनका लागि प्रयोग गरिएको हो । कलाकारको पात्रको नाममा मान्छे जोडिन्छन्, त्यसैले मिडियासँगको कुराकानीमा त्यो उदाहरण दिएँ तर गलत बुझियो । यसका लागि म माफी चाहन्छु।ु

श्वेताले थप लेखेकी छिन्, ‘म आफैंलाई भगवानमा धेरै विश्वास गर्छु, त्यसैले जानी–जानी कसैले त्यस्तो कुरा गरेर धार्मिक भावनामा ठेस पुर्याउने मेरो मनसाय थिएन तर नजानेर जनताको भावनामा ठेस पुगेको थाहा पाएँ । मेरो शब्द वा कार्यले कसैलाई चो ट पुर्याउने उद्देश्य थिएन, त्यसैले म माफी चाहन्छु।

हालै भोपालमा पत्रकार सम्मेलन गर्दै श्वेताले मिडियाको अगाडि भनेकी थिइन्– ‘भगवानले मेरो ब्राको साइज लिइरहनुभएको छ । यो कुरालाई लिएर विवाद भएको थियो तर पछि थाहा भयो कि श्वेता जसको बारेमा कुरा गरिरहेकी छिन् त्यो वेब सिरिजमा उनका सह–अभिनेता सौरभ राज जैन हुन् । स्टेजमा श्वेतासँगै अभिनेता कंवलजीत, सौरभ राज जैन, रोहित रोय र दिगंगना सूर्यवंशी पनि उपस्थित थिए । उनीहरु सबै आगामी वेब सिरिज ‘शोस्टपर’ को प्रचार र घोषणाका लागि आएका हुन् ।

Must View