नागरिक पोष्ट News


जनसङ्ख्या वृद्धिदर गिरावट, वृद्धिदर ०.०७ प्रतिशतले ऋणात्मक

770

काठमाडौँ - युवाहरू रोजगारीको खोजीमा विदेश भासिँदा देशको जनसङ्ख्या वृद्धि दरमा गिरावट आएको छ । वि.स. १९८८ साल यता पहिलोपटक नेपालको जनसङ्ख्या वृद्धिदर वार्षिक एक प्रतिशत भन्दा कम भएको छ । त्यस वर्ष देशको जनसङ्ख्या वृद्धिदर ०.०७ प्रतिशतले ऋणात्मक स्थितिमा थियो ।

त्यसपछिका प्रत्येक जनगणनामा नेपालको जनसङ्ख्या वार्षिक एक प्रतिशत भन्दा माथि नै थियो । १९९८, २०१८ र २०६८ सालमा मात्रै एक प्रतिशत हाराहारीले जनसङ्ख्या बढेको थियो । त्यस बाहेकका अन्य जनगणनामा जनसङ्ख्या वृद्धिदर दुई प्रतिशत भन्दा बढीले उकालो लाग्ने गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्राध्यापक डा. रमेश पौडेल देशको अर्थतन्त्र कमजोर हुँदा जनसङ्ख्या वृद्धिदर घटेको बताउँछन् । देशले श्रम गर्न योग्य युवालाई रोजगारीको दिन नसकेको र ती विदेशिन बाध्य बनेकाले जनसङ्ख्या वृद्धिदर घटेको उनको भनाई छ ।

Must View