नागरिक पोष्ट News


जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

525

जनकपुरधाम । जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । 

मधेस प्रदेशका आठै जिल्लाबाट राजधानी जनकपुर आइपुगेका जनमतका कार्यकर्ताहरुले लाठि, भराठासहित नगरक्षेत्रमा रैली प्रर्दशन गर्दै राष्ट्रिय सभाको निर्वाचन भइरहेको स्थान तिरहुतिया गाछितर्फ जान थालेपछि प्रहरीले अवरोध गरेको हो । 

सो अवरोधको क्रममा दुवै पक्षबीच झडप भइरहेको छ भने जनमतका केही कार्यकर्ताहरु घाइते समेत भइसकेको जनमत प्रेस मञ्चका संयोजक बिपि साहले जानकारी गराए । 

जनमत पार्टीले किसानलाई मलखाद्य उपलब्ध गराउन माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार ‘महिला मल दे अनि निर्वाचन गरा’ भन्ने नारासहित आन्दोलित भएको हो । 

किसानको मुद्दालाई सम्बोधन गराउनका लागि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्रसमेत बुझाउने जनमतको कार्यक्रम छ । तर, बिहानैदेखि नगरक्षेत्रमा पार्टीका कार्यकर्ताहरुले उग्र प्रदर्शन गरेपछि झडपको माहोल सिर्जना भएको हो । 

Must View