दक्षिण अफ्रिकाबाट उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्ति जीवितै भेटिए
581
एजेन्सी : दक्षिण अफ्रिकाबाट एम्स्टर्डमको सिफोल विमानस्थलमा अवतरण गरेको एक विमानको पाङ्ग्राको खण्डमा एक व्यक्ति जीवितै भेटिएको छ ।
जोहानेस बर्गबाट एम्स्टर्डम सम्मको झन्डै ११ घण्टा लामो उडानमा कार्गाे (सामान बोक्ने) विमान केन्याको नैरोबीमा एक पटक रोकिएको बीबीसीले जनाएको छ । उच्च उचाइमा चिसो र कम अक्सिजनका कारण लामो उडानमा स्टोवावे अर्थात् पाङ्ग्राको खण्डमा लुकेर यात्रा गर्नेहरू बाँच्नका लागि यो असामान्य भएको बताइएको छ । ती व्यक्तिको उमेर र राष्ट्रियता भने अझै खुल्न नसकेको नेदरल्यान्ड्सको प्रहरीले जनाएको छ ।