नागरिक पोष्ट News


नगर सभापति कृष्णहरि महर्जनको नेतृत्वमा विपन्न परिवारलाई न्यानो कपडा वितरण

896

काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर नगरपालिका, काठमाडौं वडा नं ५ ले विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । नगर सभापति कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा सिरक–डसना वितरण गरिएको हो ।

कार्यक्रममा २५ परिवारलाई फाइबर सिरक र डसना वितरण गरिएको थियो ।  काँग्रेस गोलढुंगाका वडा सभापति शम्भु प्रसाद फुयाँल सहित वडा कार्य समितिको सहकार्यमा बिपन्न परिवारलाई न्यानो कपडाहरु प्रदान गरिएको कुरा नगर सभापति कृष्णहरि महर्जनले बताउनुभयो । यस कार्यबाट नगर कमिटि हर्षित हुनुको साथै यो जाडोको समयमा सिरक डस्ना पाउने व्यक्तिहरु पनि निकै हर्षित हुदै आयोजक टिमलाई धन्यवाद समेत दिएका थिए ।   

Must View