नागरिक पोष्ट News


‘ए मेरो हजुर ४’लाई यसको निर्माणपक्षले वैशाख १ गते रिलिज गर्ने

854

काठमाडौं । यसअघि चैत २५ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘ए मेरो हजुर ४’लाई यसको निर्माणपक्षले वैशाख १ गते रिलिज गर्ने निर्णय गर्‍यो । चलचित्रको टिजरमा नयाँ मिति सार्वजनिक गरिएसँगै अधिकांश फिल्म मेकरले पनि आश्चर्य माने ।

किनकि, यो मितिमा भारतका दुई प्रतिक्षित चलचित्र ‘केजीएफ २’ र ‘लाल सिंह चड्डा’ रिलिज हुने पक्का भइसकेको थियो । यस्तो अवस्थामा नेपाली चलचित्र रिलिज हुँदा चेपुवामा पर्ने बुझाइ धेरैको थियो ।

अर्कोतिर विदेशी चलचित्रको रिलिज मिति हेरेर आफ्नो चलचित्रको प्रदर्शन मिति तय गर्ने निर्माता पनि नेपालमा धेरै छन् । यसैले ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापाको निर्णय धेरैका लागि आश्चर्य लाग्नु नयाँ कुरा होइन ।

चलचित्रका निर्माता थापाले अनलाइनखबरसँग भने, ‘नेपालीहरुले नयाँ वर्षमा नेपाली चलचित्रलाई नैै माया गरेको उदाहरण यसअघि पनि धेरै छन् । आफ्नै देशको नयाँ वर्षमा विदेशी चलचित्रसँग हामी किन भाग्ने रु’

उनले कोरोनाका कारण हल बन्न नभएको अवस्थामा बाहेक चलचित्र वैशाख १ गतेबाट पछि नसर्ने दाबी गरे । थापा भन्छन्, ‘हामीले चलचित्र शक्तिशाली बनाएका छौं । चलचित्रको टिजरले पनि त्यसको संकेत गरिसकेको छ । विदेशी चलचित्रलाई भन्दा आफ्नै देशको चलचित्र उत्कृष्ट भयो भने दर्शकले माया गर्नुहुनेमा विश्वस्त छौं ।’

चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

Must View