नागरिक पोष्ट News


जनपथ माध्यमिक बिद्यालय (कलङ्की) १४ मा कोभिड–१९ विरुद्धको फाईजर खोप कार्यक्रम सम्पन्न

882

सबु बस्नेत, काठमाडौ ।  विश्वव्यपी रुपमा नयाँ नयाँ स्वरुपमा फैलिरहेको कोरोना भाईरसको प्रभाव कम गर्ने एक मात्र उपाय खोप हो । यहि कुरालाई मध्ये नजर राख्दै नेपालमा पनि विभिनन उमेर समुहका व्यक्तिहरलाई खोप लगाईदै आयको छ । काठमाण्डौँ महानगरपालिकामा रहेका सामुदायिक तथा सस्थागत विधालयहरुमा आजबाट काठमाण्डौँ महानगर स्वास्थ्य शाखाले विद्यालयमै गई खोप केन्द्र सञ्चालन गरि १२ देखि १७ वर्ष उमेर समुहका विधार्थीलाई कोभिड–१९ विरुद्धको फाईजर खोप लगाउने कार्यक्रम सुरु गरेको हो ।

त्यसै क्रममा काठमाण्डौँ महानगरपालिका वडा नं. १४ कलंकी स्थीत जनपथ माध्यमिक बिद्यालय का विद्यार्थी भाइबहिनीहरुको लागी कोभिड–१९ विरुद्धको फाईजर खोप लगाईएको छ ।  यसरी विद्यालयलेनै व्यवस्थापन गरेर आफ्ना बालबालिकाहरलाई खोप लगाउन पाउँदा अभिभावकहरुले विद्यालय प्रति आभार प्रकट गर्दे विद्यालय परिवारलाई धन्यवाद  समेत दिए । 

करिब १२ सयको हाराहारीमा विद्यार्थीहरु अध्ययन गर्ने यस विद्यालयमा यो उमेर समुहका करिब ५२६ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यार्थी भाईबहीनिहर पनि सहजै खोप लगाउन पाउँदा निकै खुशी छन् । 

विद्यार्थीहरलाई यसरी विद्यालयहरुमानै गई यसरी खोपलगाउँदा सकं्रमण लगायत अन्य कुराको डर नहुने खोप कार्यमा संलग्न स्वास्थ्य कर्मीहरु बताउनु हुन्छ । 

विद्यालयमानै उपस्थित भएर व्यवस्थित तरिकाले विद्यार्थीहरुको लागि खोपको व्यवस्थापन गरी  विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्न पाउँदा खुशी लागेको जनपथ माध्यमिक बिद्यालय का प्रधानध्यापक जीत बहादुर लामिछाने बताउनुहुन्छ । शुक्रबार जनपथ माध्यमिक विद्यालयमा करिब ३२५ जना विद्यार्थी भाईबहिनीहरुले फाईजर खोप लगाएको लामिछाने बताउनु हुन्छ । साथै खोप कार्यक्रममा संलग्न सबै जना सहकर्मीहरुलाई धन्यवाद दिदै बाकी छुटेका विद्यार्थी भाईबहिनीहरुलार्य भोली मिति 2078 पौष 29 गते  बिहान 10.00 बजे देखि दिउँसो 2.00 बजेसम्म नेपाललय कलेज (कलङ्की वा ज्ञानकूञ् स्कुल, रबीभवनको खोप केन्द्रमा गएर खोप लगाउन हुन सबै विद्यार्र्थ भार्यबहिनीहरुलाई अनुरोध समेत गर्नु भएको छ ।

Must View